• आइतबार ४-२४-२०८३/ Sunday 09-08-26
  • १२:५७

उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैनः सिआइए

३० साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको बताएको छ । अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताउनुभएको छ ।

 

उत्तर कोरियाले केही समय भित्रमा नै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उहाँको भनाई छ । तर परमाणु यद्धको खतरा भने नरहेको उहाँले बताउनुभयो । युद्धको खतरा नरहेको भएपनि राष्ट्रपति कार्यालय ह्वाइटसाउसले रणनीतिक धैर्य राख्ने समय भने गएको चेतावनी उहाँको छ । उत्तर कोरियाले एक महिना भित्रमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि तनाव बढेको छ । दुवै देशले एकअर्का विरुद्ध कारवाहीका लागि तयारी अवस्थामा रहेको बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार

  समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड

भारत : अस्पतालमा अक्सिजन अभाव, २० बालबालिकाको मृत्यु

साउन २८ – भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा

मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु

  २९ साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्‍यालीमा एउटा गाडी