‘सुन्दर रारालाई अझ सुन्दर पार्न सरसफाई’
समाचार डेस्क
रेडियो मुगु एफ एम (गमगढी)
कार्तिक ०२– मुलुककै मुख्य पर्यटकिय स्थलका रुपमा रहेको जिल्लाको रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा रेडपाण्डा युथ क्लव मुगुले बुधबार सरसफाई गरेको छ । पछिल्लो समयमा दशै तिहारको अवसरमा रारा घुम्ने आन्तरिक पर्यटकहरुको सङख्या बढिरहेको र सोही समयमा रारामा प्लाष्टिक जन्य वस्तुहरुको प्रयोग बढि भएको कुरालाई मध्यनजर गर्दै सरसफाई गरिएको रेडपाण्डा युथ क्लवका अध्यक्ष धर्मराज शाहीले बताए ।
‘हामी सबैले शुरुवात गर्ने हो, सकेसम्म यसलाई निरन्तरता दिन सबैको ध्यान जाओस्’ उनी थप्छन् ‘हिजो आज रारा ताल र आसपासमा पर्यटकहरुको सङख्या बढेको भएपनी फोहोर पनी उत्तिकै बढेको छ, यसमा हामी सबै चिन्तित हुन आवश्यक छ ।’ रेडपाण्डा युथ क्लवको ३० जना र श्रिदल गुल्म राराका ३० जना सैनिक जवानहरुको सहभागितामा सो सरसफाई गरिएको थियो । आर्मि व्यारेक भएको हुटु क्षेत्र, निजार तथा मिलिचौर क्षेत्र सहित रारा ताल वरिपरीका अधिकाशं क्षेत्रहरुमा सरसफाई गरिएको थियो ।
रारा आउने पर्यटकहरुका लागी मोटरबाटोका कारण सहजता थपिए सगैँ रारामा आउने आन्तरिक पर्यटकहरु यसबर्ष दशै तिहारको समयमा मात्रै ५ हजार भन्दा बढि रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । रारामा फोहोर बढेपछि निश्चल तालका रुपमा चिनिने राराको अस्तित्व खतरामा पर्ने भएकाले सबैलाई यसमा सजग रहन र सकेसम्म रारा वरपर आवतजावत गर्दा फोहोर संकलन गरेर फाल्ने ठाउँ तोकिएका क्षेत्रमा फालिदन समेत क्लवले सबैलाई आग्रह गरेको छ ।
यो सगैँ रारालाई सफा बनाउनका लागी जिल्लामै केही सम्बन्धित समुह तथा संस्थाहरुले केही सक्रियता जनाएका छन् यता रारा पर्यटन बिकास समितीले पनी रारा सरसफाई अभियान शूरु गरिसकेको छ ।









तस्विर साभारः रेडपाण्डा युथ क्लवका अध्यक्ष धर्मराज शाहीको फेसबुकबाट
SUGGESTED NEWS
Wow! If This Kathmandu Girl Can Make $2,000+ A Day, So Can You!
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
जात्राका कारण मुगुमा रौनकता
नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु
जात्राका कारण मुगुमा रौनकता
नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु




प्रतिकृया दिनुहोस