मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु
२९ साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्यालीमा एउटा गाडी पस्दा एकजनाको ज्यान गएको छ । घटनामा अरु १९ जना घाइते भएका छन् । यसअघि भर्जिनियाको शार्लेट्सभिल्लेमा भएमा अमेरिकी श्वेत नाजीबाटी र त्यसका विरोधीबिच हिंसात्मक झडप पनि भएको थियो ।
शार्लेट्सभिल्लेका मेयरले घटनाबाट आफू दुःखी भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको विरोध गर्नुभएको छ भने स्थानीय प्रशासनले त्यहाँ आपतकाल अवस्था घोषणा गरेको छ । मासिनको भिडमा कार चलाउने चालक अहिले प्रहरीको हिरासतमा छन् । कार घटना बाहेक सडकमा भएको दुई समूहबिचको झडपमा अन्य १५ जना घाइते भएक छन् । अमेरिकी गृह युद्धको क्रममा दास प्रथाको समर्थनमा लडेका जनरलको मूर्ति हटाएको विरोधमा युनाइटेड द राइट नामबाट र्याली निकालिएको छ । यो र्यालीको विरोधमा अर्को र्याली निस्कँदा सडकमा झडपको अवस्था आएको हो ।


उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड
भारत : अस्पतालमा अक्सिजन अभाव, २० बालबालिकाको मृत्यु
साउन २८ – भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा
उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैनः सिआइए
३० साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको

प्रतिकृया दिनुहोस