कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति
सुर्खेत । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएका छन् ।
मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरेका छन् ।
यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गरिएको हो ।
छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।
छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताए । उनले भने, ‘क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखौँको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ ।’
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या
टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या
साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन्
श्याम बिसी २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत

प्रतिकृया दिनुहोस