भारत : अस्पतालमा अक्सिजन अभाव, २० बालबालिकाको मृत्यु
साउन २८ – भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८ घण्टामा विभिन्न कारणले समग्रमा ३० बालबालिकाको ज्यान गएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ ।
तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रमक रहेको दाबी गरेको छ । उत्तर प्रदेश सरकारले ट्वीट गरेर बिआरडी मेडिकल कलेजमा अकिसजनको अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ । 
उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड
मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु
२९ साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्यालीमा एउटा गाडी
उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैनः सिआइए
३० साउन/रेडियो मुगु एफ एम (गमगढी): अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको

प्रतिकृया दिनुहोस