• आइतबार ४-२४-२०८३/ Sunday 09-08-26
  • १२:०६

कोशीमा बाढीको खतरा, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

इटहरी, साउन २८  – कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो । 

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । 

पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो । यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । 

उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन । 

यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । 

यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ । इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ । 

अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ । रासस 

प्रतिकृया दिनुहोस

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

इलामको चुलाचुलीमा बाढीले तीन घर बगायो

इलाम, साउन २८ – बाढीले इलामको चुलाचुली गाउँपालिकामा तीन वटा घर बगाएको छ । कमल खोलामा आएको बाढीले चुलाचुली–१ का भीमबहादुर लावती, अनु राई र अर्का एक