बाढी पहिरोका कारण ३२ जनाको मृत्यु
समाचार डेस्क
२८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले पुर्याएको क्षतिको जानकारी गराउनुभएको हो । उहाँले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताउनुभयो । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइने शर्माले बताउनुभयो । गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खट्नका लागि निर्देशन दिनुभएको छ ।
बाढी पहिरोका कारण ३२ जनाको मृत्यु
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह
इलामको चुलाचुलीमा बाढीले तीन घर बगायो
इलाम, साउन २८ – बाढीले इलामको चुलाचुली गाउँपालिकामा तीन वटा घर बगाएको छ । कमल खोलामा आएको बाढीले चुलाचुली–१ का भीमबहादुर लावती, अनु राई र अर्का एक
कोशीमा बाढीको खतरा, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल
इटहरी, साउन २८ – कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका

प्रतिकृया दिनुहोस