इलामको चुलाचुलीमा बाढीले तीन घर बगायो
इलाम, साउन २८ – बाढीले इलामको चुलाचुली गाउँपालिकामा तीन वटा घर बगाएको छ । कमल खोलामा आएको बाढीले चुलाचुली–१ का भीमबहादुर लावती, अनु राई र अर्का एक जनाको घर बगाएको प्रहरीले जनाएको छ ।
बाढीले २५ कठ्ठा जग्गा पनि कटान गरेको छ । यस्तै, सूर्योदय नगरपालिका २ बागवीरेमा लाक्पा शेर्पा र वडा नम्बर ३ का हरि ढकालको घर पनि बाढीले बगाएको छ ।
बाढीका कारण चुलाचुलीको चाँजो खोलको झोलुङ्गे पुल पनि बगाउने खतरा बढेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण इलाममा शुक्रबार रातिदेखि विद्युत अवरुद्ध भएको छ ।
बाढी पहिरोका कारण ३२ जनाको मृत्यु
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह
बाढी पहिरोका कारण ३२ जनाको मृत्यु
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह
कोशीमा बाढीको खतरा, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल
इटहरी, साउन २८ – कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका

प्रतिकृया दिनुहोस