बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क
२८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका छन् । लिभरपुलले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै वक्तव्य जारी गरेको केही घण्टापछि नै कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै ट्रान्सफर अनुरोध पेश गरेका हुन् ।
कोन्टिन्होले इमेल मार्फत क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका थिए । तर लिभरपुलले उनको प्रस्ताव अस्वीकार गरेको छ । गएको बुधबार लिभरपुलले कोन्टिन्होका लागि स्पेनिस क्लब बार्सिलोनाले गरेको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको थियो । लिभरपुलले प्रिमियर लिगको पहिलो खेलमा शनिबार राति वाट्फोर्डसँग खेल्दैछ ।

चोटका कारण वाट्फोर्डसँगको खेलमा कोन्टिन्हो मैदानमा हुने छैनन् । गएको सिजनमा सबै प्रतियोगितामा गरेर लिभरपुलबाट १४ गोल गरेका २५ ब्राजिलियन मिडफिल्डर कोन्टिन्होले गएको जनवरीमा लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए । नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोनाले कोन्टिन्होलाई भित्र्याउने प्रयास गरेको थियो ।
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका
ब्रिटोसको गोलसँगै लिभरपुल बराबरीमा रोकियो
२८ साउन, काठमाडौं । ब्रिटोसले इन्जुरी टाइममा गरेको गोलको मदतमा बाटफोडले रोमाञ्चक खेलमा लिभरपुरललाई बराबरीमा रोकेको छ ।शनिबार भएको लिगको आफ्नो
चर्च व्याईज पाथिभरा गोल्डकपको फाइनलमा
२८ साउन, ताप्लेजुङ । चर्च व्वाईज युनाईटेड क्लब काठमाडौं, ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस