एसईईको नतिजा सार्वजनिक
९ असार रेडियो मुगु गमगढी
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार सार्वजनिक गरेको छ ।कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या
टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या
साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन्
श्याम बिसी २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत

प्रतिकृया दिनुहोस