डोको बुनेर जीविका चलाउन बाध्य
९, असार रेडियो मुगु गमगढी मुगु
छायाँनाथ रारा नगरपालीका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एक्का बिहानै उठुनु हुन्छ अनि कहिले डोका बुनेर तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै गाउँ गाउँ जाने गरेको बताउनुहुन्छ । खेतिपाती पनी गर्छु ६ महिना मात्र खान पुग्छ रोजगार छैनन बेरोजगार छौ जिवन गुर्जान भएपनी डोका बुन्ने पेशा अंलालेको विकले बताए ।
धन बहादुर भन्नु हुन्छ डोका बुन्ने काम नगरे त चुलोमा आगो नै बल्दैन । डोका बुनेरै सात जनाको परिवार पाल्दै आएको विकले सुनाए । उहाँ मात्र हैन निगाले, रुगा कोटिला गाउँका दलित समुदायका स्थानीयको जिवन गुर्जाने पेशाानै डोको बुन्ने रहेको छ ।
उमेरले डाँडापारिको घाम बन्नु भएका अपांग भएपनी डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ ६५ बर्षका कन्न सिहं विकको जवानीमा कालापहाड जाने आउने गरेका विकले खासै पैसा भने कमाउन सकेनन् बरु रोग ल्याएर फर्किन बाध्य भए ।
काला पहाडमा होल खाप्ने काम पाएका विकको कात्तोस पट्काउने बेला आखाँमा गहिरो चोट लाग्यो, अनि अपागं भएर फर्किनुभयो अहिले बुढेसकाल त्सयैमाथि छोरारछोरीबाट अलग हुनु पर्यो, अहिले एक्लै बस्नु हुन्छ ।
पेट पाल्न अरु केहि गर्न नसकिए पछी डोको बुन्ने ब्याबसाय रोज्यको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ डोको नबुनेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै छैनन ।
दिनमा पाँचवटा डोको बुनेर मासिक रु २० हजार जति आम्दानी गर्छु । एकवटा डोकोको मूल्य ३०० देखि ४०० सम्ममा बिक्री हुने गरेको विकको भनाई छ । मुगु जिल्लका निगाले रुगा कोटिला लगायतका दलित समुदायका
स्थानीय निगालो बाट बन्ने डोको, डालो, छाप्री, छान्नु सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन् । प्रत्येक घर परिवारले यो व्यवसाय रोजेको र त्यसै अनुसार जिवन चलाउदै आएको छायाँनथ रारा नगरपालीका १३ का श्रीचन्द्र लावडले बताउनुभयो ।
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या
टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या
साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन्
श्याम बिसी २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत

प्रतिकृया दिनुहोस