यसरी गर्दैछन् रजनीकान्त र अक्षय कुमारले ४ सय करोडको ‘२.०’ को सुटिङ (भिडियोसहित)
समाचार डेस्क
रेडियो मुगु एफ एम (गमगढी)
असोज २७- रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ ले भारतीय सिने उद्योगका लागि विशेष चलचित्र हुनेछ । यो अहिलेसम्मकै बढी लगानी भएको चलचित्र हुनेछ ।

निर्देशक शंकरको ‘रोबोट’को सिक्वेल ‘२.०’ अहिलेसम्मकै महंगो चलचित्र हुनेछ । यो चलचित्र बनाउनका लागि झण्डै ४ सय करोड रुपैयाँ भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । यसमा चलचित्रको प्रचार–प्रसारको खर्च भने जोडिएको छैन ।
![]()
चलचित्रमा अन्तर्राष्ट्रिय स्तरको स्पेसल इफेक्ट्स हेर्न पाइनेछ । जसका कारण पनि चलचित्रको लागत बढेको बताइएको छ । चलचित्र निर्माण पक्षले जनाए अनुसार अक्टोबर २७ मा चलचित्रको गीत दुबईमा रिलिज हुने तयारीमा छ । म्युजिक रिलिजको इभेन्टका लागि मात्रै १२ करोड भारतीय रुपैयाँ खर्च हुने बताइएको छ ।
चलचित्र ‘२.०’ २०१८ को जनवरी २५ मा रिलिज हुनेछ । फिल्मको टिजर नोभेम्बरमा हैदरावादमा रिलिज हुनेछ भने ट्रेलर डिसेम्बरमा चेन्नईमा लन्च गरिनेछ । यो चलचित्र सन् २०१९ मा आएको ‘रोबोट’ को सिक्वेल हो जसमा ऐश्वर्या राय र रजनीकान्त थिए । सिक्वेलमा भने् रजनीकान्तसँग अक्षय कुमार देखिनेछन् । अक्षय कुमार १२ अलग–अलग अवतारमा देखिनेछन् । चलचित्र ‘२.०’ चीनमा मात्रै झण्डै २० हजार स्क्रिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।
You May Like
13 Stunning Women Of The World's Richest MenHooch
End Your Nightly Snoring Nightmare With This Simple SolutionMy Snoring Solution
Thanks to this app you'll speak a new language in 3 weeksBabbel
Hitler's Last Bunker Finally Discovered In FranceTrend Chaser
Top 12 Most Expensive Colleges in the WorldTopexpensive.com
Cop Finds Baby In Dumpster: But 25 Years Later, This Happened...LifeDaily.com
सेलिब्रेटी आमाको पछि लाग्ने चर्चित नेपाली कलाकार
काठमाडौं, साउन २८ – लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’ का कारण चर्चामा छिन् । केही म्युजिक
युट्युबमा ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ (भिडियोसहित)
काठमाडौं, साउन २८ – पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको
‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’
आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश

प्रतिकृया दिनुहोस