मुगुमा काचोँ स्याउ बेच्ने क्रम बढ्दो
नन्द बहादुर रोकायाः
२८ साउन, रेडियो मुगु (गमगढी) मुगु सदरमुकाम गमगढी काँचो स्याउ बिक्री गर्ने गरेका छन । स्याउ पछी कुहिनेर न बिक्रि नहुने भन्दै जात्राको मौका छोपि काँचो स्याउ बिक्रि गरेका हुन । यातायताको राम्रो पहुँच नभएकाले र स्याउ राख्ने कोल्डस्टोर नभएकाले पछी स्याउ कुहिने डरले किसान हरुले काँचो भएपनी स्याउ बिक्रि गर्नेगरेको बताएका छन ।
मुगुमा स्याउको पकेट क्षेत्र मानिएका ताल्च,कल्पाल्त बाम,शोभा,बुम्च,ख्याल्च लगात साविबको खमाले गा विस भएको भएपनी सदरमुकाम गमगढी नजिकका किसानले काँचो स्याउ बढी बिक्रि गर्ने गरेका छन । यता जिल्ला कृषि बिकास कार्यलयले भदौ दोस्रो हप्ता पछि मात्र स्याउ टिप्न उपयुक्त हुने भएकाले अहिले नै स्याउँ टिप्नका लागी नहत्तारिन जिल्लाका स्याउ कृषकहरुलाइ आग्रह गरेको छ । कृषकहरुले परिपक्व नभएको स्याउ टिपेर सदरमुकाम तथा सामान्य मात्रामा बाहिर निर्यातको तयारी गरेपछि कार्यालयले यस्तो आग्रह गरेको छ ।
यो समयमा स्याउ टिप्दा स्याउँको गुणस्तर पनी नहुने तथा यदि बाहिर निर्यात भए जिल्लाको स्याउको गुणस्तरमा समेत दाग लाग्ने भएकाले छिटै स्याउ नटिप्न कार्यालयले आग्रह गरेको बताईएको । भदौको पहिलो हप्तासम्म मुगुको स्याउ टिप्न योग्य नहुने कृषि बिज्ञहरुको भनाई रहेको छ । किसान तथा ब्यापारीलाई यतिखेरको काँचो स्याउ नटिप्न आग्रह गर्दै स्याउमा हुनुपर्ने गुलियोपना १२ देखि १४ प्रतिशत भएपछि मात्र स्याउ टिप्न योग्य हुने बताईएको छ ।
काँचो स्याउ टिपेर लिएमा स्याउले राम्रो बजार नपाउने भएकाले किसान तथा ब्यापारीलाइ भ्रममा नपर्न समेत कार्यालयको अनुरोध रहेको छ । यो बर्ष स्याउको उत्पादनमा समेत गहेका बर्षको तुलनामा वृद्धी हुने जिल्ला कृषिबिकास कार्यलय मुगुका बाघवानी अधिकृत तेज विक्रमल्लले बताउनुभएको छ । यसै बिच जिल्लाका सरोकारवालानिकायले बर्षौको मेहनतले आफ्नो बारीमा लटरम्म स्याउ फलाएका किसान र ब्यापारीले स्याउ नछिप्पीदै यसरी टिपेर बजारमा बिक्रि गर्न तथा बाहिरी जिल्लामा निर्यात गर्नु राम्रो नभएको बताएका छन ।
जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका
जात्राका कारण मुगुमा रौनकता
नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु
जात्राका कारण मुगुमा रौनकता
नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

प्रतिकृया दिनुहोस