बाढी पहिरोबाट कसरी बच्ने ?
बिनोद पराजुली –
बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् । पहाडमा पहिरोले धेरैको ज्यान गएको छ । कति बेपत्ता भए भन्ने यकिन छैन । पानी पर्ने क्रम नरोकिएकाले अझै बाढी पहिरोको खतरा छ ।
बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ?
- बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न ।
- होचो भूभागमा आवातजावत गर्न हुन्न ।
- गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ ।
- समूहमा बस्नुपर्छ ।
- उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
- बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ ।
- जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ ।
- संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ ।
- सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।
झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् ।
- ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।
- पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।
- आवातजावत कम गर्नुपर्छ ।
- घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ ।
- ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ ।
यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।
(बाढीविज्ञ पराजुलीसँग सजना तिमल्सिनाले गरेको कुराकानीमा आधारित)
दोक्लाम प्रकरणः भारत र चीनवीच युद्धको सन्त्रास
भारतीय सेनाको ‘कप्र्स्-३३’लाई सीमातर्फ खटाइएको छ । चीनतर्फ करिब एक बटालियन बराबरको सैनिक टोली दोक्लामबाट एक किमी टाढा तैनाथ छ । र, तिब्बतमा
लोर्काको रक्तगाथा
उदय प्रकाश जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै
विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार
मिलन तिमिल्सिना- साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा,

प्रतिकृया दिनुहोस