• आहिले तरंगमा
    बिबिसी नेपाली सेवा (बिहानीपख)
  • केहि क्षणमा
    सुचना, बिज्ञापन तथा भाषाभाषिका गित

समाचार

मतदानका क्रममा मुगुमा झडप, प्रहरीद्धारा हवाई फायर

मतदानका क्रममा मुगुमा झडप, प्रहरीद्धारा हवाई फायर
धनदेवी विश्वकर्मा/रेडियो मुगु । 
३१ बैशाख, मुगु ।
मुगुमा मतदानका क्रममा झडप भएको छ । खत्याड गाउँपालिका वडा ८ को सरस्वती प्रा.वी मतदान केन्द्रमा मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।  
 
झडप लगत्तै स्थानिय बासिन्दाले माथिबाट ढुगांमुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीका अनुसार हवाइ फायरभए पछि मतदान केहीबरे प्रभावित भएपनी अहिले भने जारी रहेको छ ।
 
जिल्लाका अन्य क्षेत्रमा भने शान्त रुपमा मतदान भईरहेको छ । हिजो मतदान सामाग्री लुटिएको छायाँनाथ रारा नगरपालिकाको १२ मा पर्ने नेपाल राष्ट्रिय निमावी मतदान केन्द्रको स्थिती पनी सामान्य रहेको छ ।
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल