• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

हावाहुरीका कारण एक जनाको मुत्यु

हावाहुरीका कारण एक जनाको मुत्यु
 
नन्द बहादुर रोकाया
१९ बैशाख रेडियो मुगु (गमगढी)
आईतबार आएको अत्याधिक हावाहुरीका कारण मुगुको खत्याड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । जगंलबाट दाउरा ल्याएर आउदैँ गर्दा हावाहुरीका कारण रुखले च्यापिएर खत्याड गाउँपालिका ४ की सुनिता रावतको मृत्यु भएको हो ।
 
आईतबार साझँ ५ बजे घर नजिकैको जङगल बाट दाउरा ल्याउदै गर्दा हावाहुरीका कारण रुख ढलेर घटना स्थलमै मृत्यु भएको स्थानीय गोर्कण शाहीले सामुदायिक रेडियो मुगु एफ एमलाई जानकारी दिनुभएको छ । यस्तै  हावा हुरीले जस्ताले छाएका घरका छाना, टहरा  उडाएको छ भने पानीले स्थानीय किसानका खेतमा पाक्नै लागेका गहुँ र जौ  लगायत फलफुल पनि झारेको छ ।  
 
हावा हुरीकै कारण खत्याड गाउँपालीकामा रहेको श्रीकोट चौकि संगै, श्रीकोट, माझचौर, रोल, सैन लगायतका गाउँमा झण्डै ४० घरमा क्षती पु¥याएको बिवरण प्राप्त भएको शाहीको भनाई रहेको छ । हावाहुरीकै कारण जिल्लाका अधिकाशं क्षेत्रमा रहेको फलफुल तथा बोटबिरुवामा पनी क्षती पु¥याएको छ । 
 
यसैबीच, हिजै आएको हावहुरीले नौ जिल्लाका ३ विद्यालयका पाता समेत उडाएको छ । छायाँनाथ रारा नगरपालिकाक १२ बालचौरमा रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालयको पाता हावाले उडाईदिदा पठनपाठनमा समेत समस्या भएको बिद्यालयका भुतपुर्व अध्यक्ष बिरसिहं विश्वकर्माले रेडियो मुगु एफ एमलाई जानकारी दिनुभएको छ ।
 
यस्तै छायाँनाथ रारा नगरपालिका १३ मा रहेको सरस्वती प्राथामिक विद्यालय तिर्प मुगुमा रहेको चारकोठे भवनको पाता समेत हावाले उडाएको छ । यतो अर्को जानकारी अनुसार छायाँनाथ रारा नगरपालीका १३  थार्प गाउँमा रहेको श्री मष्टा निम्न माध्यमिक बिद्यालयको
 
 दुई कोठे भवनको जस्ता पाता उडाईदिएको छ । बिद्यालयको  पाता हावाले उडाईदिदा पठनपाठनमा समेत समस्या भएको स्थानीय कृस्न बोहोराले े रेडियो मुगु एफ एमलाई जानकारी दिनुभयो  । 
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल