• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

मुगुको चुनावी माहोलः आज काग्रेसको उम्मेद्धवारको अन्तिम नामावली सार्वजनिक गर्दै

मुगुको चुनावी माहोलः आज काग्रेसको उम्मेद्धवारको अन्तिम नामावली सार्वजनिक गर्दै
१५ बैशाख/रेडियो मुगु (गमगढी) । 
आगामी स्थानिय निकायको निर्वाचनको तयारीमा लागेका मुगु राजनितिक दलहरु अब गाउँ केन्द्रित हुन थालेका छन् । अधिकाशं राजनितिक दलहरुले स्थानिय निकायको निर्वाचनका लागी आफ्ना उम्मेद्धारहरुको टुङगो लगाएपछि नेता तथा राजनितिक दलहरु गाउँ केन्द्रित हुन थालेका हुन् । करिब २० बर्षपछि हुन लागेको स्थानिय निकायको निर्वाचनका लागी राजनितिक दलहरु सहित स्थानिय बासिन्दाहरु पनी उत्साहीत भईरहेका बेलामा फेरी राजनितिक दलहरु आफ्नो जित कब्जा गर्न स्थानिय स्तरमा केन्द्रित भईरहेका छन् ।
 
मुगुमा नेकपा एमाले सहितका अन्य केही साना दलहरुले जिल्लामा रहेको १ नगरपालिका तथा २ वटै गाउँपालिकाहरु आ आफ्ना उम्मेद्धारहरुको टुङगो लगाईसकेको अवस्था रहेको छ भने नेपाली काग्रेसले आज जिल्ला सदरमुकाममा औपचारिक रुपमा एक आम सभाको आयोजना गरि सबै गाउँपालिका सहित नगरपालिकाका उम्मेद्धारहरुको अन्तिम नामावली सार्वजनिक गर्न लागेको जानकारी गराएको छ ।
 
मुलुकका अधिकाशं क्षेत्रमा नेकपा एमालेलाई पाखा लगाउनका लागी नेपाली काग्रेस र माओवादी केन्द्रले कार्यगत एकताको निती लिएअनुसार मुगुमा पनी नगरपालिका सहित केही गाउँ पालिकाहरुमा काग्रेस माओवादीको कार्यगत एकताका आधारमा उम्मेद्धारहरुको टुङगो लाग्न सक्ने अनुमान समेत गर्न थालिएको छ । 
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल