• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

वर्षाले फाइदा, असिनाले बेफाइदा

वर्षाले फाइदा, असिनाले बेफाइदा

१२ चैत रेडियो मुगु (गमगढी) यसवर्ष प्रिमनसुनमा परेको पानीले जमिनमा चिस्यानको मात्रा बढाएकाले मकैबालीलाई फाइदा पुग्ने भएको छ । अहिले मकै छर्ने बेला भएकोले पानी पर्दा जमिनमा चिस्यान बढेर फाइदा पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कृषि विज्ञ हरिकृष्ण उप्रेती जानकारी दिनुभयो ।

मकै छरिसकेको ठाउँमा पनि बोटलाई हुर्कन अहिले परेको पानीले फाइदा पुग्ने उहाँको भनाई छ । तर पानीसँगै असिना परेका ठाउँमा भने गहुँबालीमा क्षति पुगेको छ । अहिले गहुँ पाक्ने बेला भएकाले असिना पानीले गहुँ झार्न सक्ने साथै गहुँका पात च्यातेर त्यसको वृद्धि विकासमा असर पुग्ने कृषि विज्ञ उप्रेतीले बताउनुभयो ।

यस्तै वर्षे तरकारी बोडी, सिमी, फर्सीमा पनि असिना पानीले नोक्सानी पु¥याएको छ । सर्लाहीमा शुक्रबार राति परेको असिनाले अन्नबाली लगायत तरकारी तथा फलफूलमा क्षति पु¥याएको छ । विशेष गरी राजघाट र हजारियामा तरकारी बाली र आँपको फूलमा असिनाले क्षति पुगेको किसानले बताएका छन् । 

 

 

 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल