• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा
१२ चैत रेडियो मुगु (गमगढी) स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
 
दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या भएको हो । समस्या समाधानको प्रयास भइरहेको र २० गतेसम्ममा सबै जिल्लाको टुंगो लाग्ने आयोगले जनाएको छ ।
 
आयोगले मतदाता नामावली र मतदान केन्द्रको टुंगो एकैपटक लगाउने तयारी गरेको छ । २० गतेसम्म मतदाता नामावली टुंगो लगाउनेगरी काम भैरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै मतपत्र छपाईको काम पनि धमाधम भइरहेको छ ।
 
शुक्रबारसम्म १८ जिल्लाका लागि मतपत्र छपाईको काम सकिएको र अरु चार जिल्लामा शनिबारदेखि काम सुरु हुने आयोगले जनाएको छ । अरु जिल्लाका लागि पनि क्रमैसँग छपाईको काम हुनेछ । यस्तै मतदाता शिक्षाको लागि प्रशिक्षकलाई तालिम दिने काम पनि सँगसँगै भैरहेको छ । वैशाख पहिलो हप्तादेखि घरघरमा मतदाता शिक्षा चलाउने आयोगको तयारी छ । 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल