• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

आयरल्याण्डका कप्तानको खुट्टा भाँचियो

आयरल्याण्डका कप्तानको खुट्टा भाँचियो

१२ चैत रेडियो मुगु (गमगढी) रिपब्लिक अफ आयरल्याण्डका कप्तान सिमस कोलम्यानको खुट्टा भाँचिएको छ । विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति वेल्ससँगको खेलको क्रममा आयरल्याण्डका कप्तान कोलम्यानको दायाँ खुट्टा भाँचिएको हो । 

दोस्रो हाफमा निल टेलरसँगको ट्याकलको क्रममा कोलम्यानको खुट्टा भाँचिएको हो । त्यसपछि टेलर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । कोलम्यानको खुट्टा निकै खराब तरिकाले भाच्चिएका आयरल्याण्डका प्रशिक्षक मार्टिन ओ’निलले बताएका छन् । कोलम्यानलाई अक्सिन दिएर मैदानबाट बाहिर लगिएको थियो । अहिले उनलाई अस्पताल भर्ना गरिएको छ । एभर्टनबाट खेल्दै आएका कोलम्यान चोटग्रस्त हुनु क्लब र राष्ट्रिय टिम दुवैका लागि निकै ठूलो क्षति रहेको ओ’निलले बताए । घटनापछि निल टेलर निराश भएको वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले बताएका छन् । घटनाप्रति आफूहरु निकै दुःखी रहेको र टेलरले नियतबस केही नगरेको प्रशिक्षक कोलम्यानले बताए ।

 

 
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल