• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

राष्ट्रपति भारत जाँदै

राष्ट्रपति भारत जाँदै
१२ चैत रेडियो मुगु (गमगढी) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।
 
उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो ।
 
आजको कान्तिपुरमा खबर छ– ‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि बैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली बैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरि तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’
 
प्रस्तावित मिति अनुरुप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए ।
 
भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउछन् । करिव एक बर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो । त्यसपछि बनेको सरकारले भ्रमणको तिथी तय गर्न खोजे पनि सम्भव भएको थिएन । गत वैशाख २७ देखि हुनेगरी उक्त भ्रमण तय गरिएको ५ दिने औपचारिक भारत भ्रमण अन्तिम समयमा राजनीतिक कारण देखाउदै केपी ओली नेतृत्व सरकारले भ्रमण रद्द भएको जानकारी दिएको थियो ।
 
राष्टपति मुखर्जीको विशेष निमन्त्रणमा त्यसतर्फ जान लागेकी भण्डारी भ्रमणको क्रममा भारतीय समकक्षी मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्टमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसंग भेटवार्ता गर्ने छिन ।
 
उनको यो भ्रमण राजकिय हुने अधिकारीहरुले बताएका छन । मुखर्जीको कार्यकाल जुलाई अन्तिममा सकिदै छ । उनी राष्ट्रपति गेष्ट हाउसमा रहनेछन भने उनको सम्मानमा रात्री र दिवा भोज दिइने छ । उनको भ्रमणबारे राष्ट्रपति कार्यालय अझै बोलेको छैन ।
 
भ्रमणको तयारी सरकारले गर्ने हो सरकारले केही गर्दै होला राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । यसअघि तय भ्रमणमा भने राष्ट्रपति स्यमले बैशाख २२ मा आफ्नो भ्रमणको तयारी पुरा भएको तर भ्रमणको तालिका मन्त्रीपरिषदले तय गर्ने बताएकी थिइन ।

Leave Comment

प्रमुख समाचार

प्रोफाइल