• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

जुम्लाको बुम्रमाडिचौर बर्षौ देखी सञ्चार बिहिन

जुम्लाको बुम्रमाडिचौर बर्षौ देखी सञ्चार बिहिन
कौशिला नेपाली
१० चैत/रेडियो नारीआवाज जुम्ला
जुम्लाको  तत्कालीन  बुम्रमाडीचौर गाविसमा अहिलेसम्म कुनै पनि संचार सुविधा नहुँदा त्यहाँका वासिन्दा संचार सुविधाबाट वञ्चीत भएका छन् । कुनै पनि संचारको पहुच नपुगेका कारण बुम्रमाडीचौरका झण्डै ३ हजार वासिन्दा संचार सुविधाबाट  वञ्चीत भएका हुन् ।
 
नेपालको सबैभन्दा ठुलो राराताल हेर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरु आवतजावत गर्ने बाटो भए पनि बुम्रमाडीचौरका वासिन्दा आफन्तलाई फोन गर्न २ घण्टाको पैदल हिडेर छिमेकी जिल्ला मुगुको सिमानामा पुग्नु पर्ने वाध्यता भएको स्थनिय विर्ख वहादुर कठायतले जानकारी दिनुभयो ।
 
४ घण्टाको पैदल यात्रापछि जुम्ला सदरमुकाममा रहेको नेपाल टेलिकमको कार्यालयमा  आएर पटक–पटक फोनको टावर राखिदिन आग्रह गर्दा पनि सुनुवाई नभएको प्रति दुःख व्यक्त गरेका छन् । 
 
Source: CIN
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल