• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

जुम्लाका युवाहरुकोे युवा प्रोफाईल बनाईदै

जुम्लाका युवाहरुकोे युवा प्रोफाईल बनाईदै
२३ फाल्गुन/रेडियो मुगु (गमगढी) 
जुम्लाका यूवाहरुको वर्तमान अवस्था विश्लेषण गरेर यूवा प्रोफाईल बनाईने भएको छ । हिजोबाट जुम्लामा शुरु भएको कार्याशाला गोष्ठि मार्फत यूवा प्रोफाईल बनाईने भएको हो । यूवाहरुको वर्तमान अवस्था विश्लेषण गरेर प्रोफाईल बनाईने भएको छ । अहिले सम्म जिल्ला स्तरमा यूवाहरुको आधिकारिक तथ्यांक नभएको हुनाले अहिले बनाईने प्रोफाईलको आधारमा अगाडी बढ्नको लागी सहज हुने उदेश्यले कार्याशाला मार्फत अगाडी बढ्न थालेको जिल्ला यूवा समितिको कार्यालय जुम्लाले जनाएको छ ।
 
जिल्ला यूवा समितिको कार्यालय जुम्लाको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा यूवा प्रोफाईल बनाउन शुरु गरिएको हो ।  आगामी दिनमा जिल्ला यूवा प्रोफाईलको  आधारमा कार्यक्रम सञ्चालन गर्ने  तयारीका साथ अगाडी बढ्ने भएको जिल्ला यूवा समितिका अध्यक्ष रतननाथ योगीले बताउनु भयो ।
 
उहाँका अनुसार आगामी दिनमा जिल्लाका कार्यरत सरकारी तथा गैरसरकारी कार्यालय जुम्लाका कार्यक्रमलाई यूवा लक्षित बनाउनको लागी यो प्रोफाईले सघाउ पुर्याउने भएको छ । कार्याशाला गोष्ठि उद्घाटनको क्रममा बोल्दै पूर्व पर्यटन राज्य मन्त्री तथा सासंद बलबहादुर महतले देशको विकास गर्दा यूवाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जोड दिनु भएको छ । 
 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल