• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण, जापानको समुद्रमा खस्यो

उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण, जापानको समुद्रमा खस्यो

२३ फाल्गुन/रेडियो मुगु (गमगढी) उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । उत्तर कोरियाले परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको र मिसाइलका बारेमा विस्तृत केही जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट गएको सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । गएको महिना उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए । 

Leave Comment

प्रमुख समाचार

प्रोफाइल