• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

गजलः राराको सुन्दरता

गजलः राराको सुन्दरता
ज्यानको रगत दिन्छु म राराको पानी संग !
घुलमिल हुन मन छ यो उसको कहानी संग!!
कति सुन्दर जंगल छ राराको वरपर,
परिचय खोल्दै छु म गजलको एसानी संग!
विदेशीले डलर तिरी रमाउन खोज्छन्य,
कर्णाली कै अप्सरा यी राराकी रानी संग!
बिहानीको सुनामी दिनमा निलो घाम हुदा,
मिसाउन मन छ रारा आखाको नानी संग!
जे सोच्छौ त्यो गर्छौ कर्णालीको भूमीमा,
किन जीवन दिन्छौ प्रवासकै राहदानी संग!
रारालाई दाँज्नु पर्छ कर्णालीका जनताले,
नेता बस्ने काठमाडौको त्यो राजधानी संग !
चिरबिर गर्छ चरी बरी राराको छेउ छाउमा
रमाउन छु रारा झुल्के घामको बिहानी संग!
कस्तो छ सुन्दर्ता वर्णन गर्ने दिमाग छैन यी
बिश्वमा नजर लाउने संसारकै बैज्ञानी संग!
निर्मोही राज साहित्य प्रेमी
मुगु रारा

Leave Comment

प्रमुख समाचार

प्रोफाइल