• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

‘दर्पण छायाँ–२’ का नायक पुष्पल भन्छन् – मिडियाले सोध्ने प्रश्न मन पर्दैन

‘दर्पण छायाँ–२’ का नायक पुष्पल भन्छन् – मिडियाले सोध्ने प्रश्न मन पर्दैन

काठमाडौं, फागुन १० – सिनेमा ‘दर्पण छायाँ–२’ का नायक पुष्पल खड्काले आफूलाई मिडियाले गर्ने कतिपय प्रश्न मन नपर्ने बताएका छन् । २ सय ५० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका पुष्पलले मिडियाले आफूले सोध्ने कतिपय प्रश्न वाइयता लागेको बताए । 

खास गरी उनलाई ‘दर्पण छायाँ’ र ‘दर्पण छायाँ–२’ का कलाकारहरुलाई तुलना गरेर सोधिएका प्रश्नहरु मन पर्दैनन् । तर सिनेमा प्रमोशनको क्रममा आफूलाई मिडियाकर्मीहरुले, ‘दर्पण छायाँमा निरुता सिहं, दिलिप रायमाझीको त राम्रो अभिनय थियो । सिक्वेलमा तपार्इँहरुको कस्तो छ नि ?’ भन्दै तुलनात्मक रुपमा प्रश्न सोध्दा निकै नमज्जा लाग्ने उनले बताए । 

उनले दिलिप र निरुता सिंह अभिनयमा निखारिएको राम्रो कलाकार भएका कारण नव कलाकारहरुलाई पुरानो कलाकारसँग तुलना गर्न नमिल्ने पनि उल्लेख गरेका छन् ।  तुलसी घिमिरेको निर्देशन रहेको ‘दर्पण छायाँ —२’ यहि फागुन २८ गते रिलिज हुँदैछ । सिनेमामा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईँ लगायतको मुख्य भूमिका छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

Leave Comment

प्रमुख समाचार

प्रोफाइल