• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

पश्चिम नेपाल

  • हवाइ यातायात अनिश्चित भएपछि डोल्पालीलाई सास्ती

    १३ असार/रेडियो मुगु (गमगढी) । स्तरोन्नतिको काम सुरु भएपछि डोल्पाको जुफाल विमानस्थल अनिश्चित कालका लागि बन्द भएको छ । विमानस्थल बन्द भएपछि डोल्पालीहरुको यातायातसँगको सम्पर्क विच्छेद भएको छ । बिरामीहरु अस्पतालसम्म जान नपाउने स्थितिमा पुगेका छन् ।   सडक यातायातको पहुँच नभएको डोल्पामा हवाई यातायात समेत अनिश्चितकालीन बन्द भएपछि डोल्पालीहरुको अन्य जिल्लासँगको सम्पर्क बिच्छेद भएको हो । पटक–पटक

  • हुम्लामा खानेपानीका लागी यस्तो समस्या

    १३ असार/रेडियो मुगु (गमगढी) । हुम्लाको नाम्खा गाँउपालिका स्थित वडानम्वर ५ का स्थानियहरु पशुुमा खानेपानी वोकेर पानी खाना वाध्य भएका छन । नजिकैको पानीको मुहान सुुकेपछि गाँउवाट ५ किलोमिटर टाढाको खोलावाट पशुुमा पानी वोकेर खान बाध्य भएको नाम्खा ५ का सोनाम दोर्जे लामाले जाकारी दिनुभयो गर्नुभयो ।   हुम्लाको सदरमुुकाम सिमकोटदेखि ३ दिन पैदल लाग्ने यारी गाउका ८१

  • म्यादी प्रहरीमा जुम्लाका ५ सय बढि उर्तिण

    म्यादी प्रहरीमा जुम्लाका ५ सय बढि उर्तिण

    २५ चैत/रेडियो मुगु (गमगढी)  जुम्लामा म्यादी प्रहरीको लागि गत सोमबार लिखित परिक्षा दिएका मध्ये ५ सय ३७ जना उतिर्ण भएका छन् । लिखिल परिक्षा दिएकाहरु मध्ये ८८ जना महिला र ४ सय ४९ जना पुरुष उतिर्ण भएका हुन् । गत सोमबार परिक्षा दिएका ५ सय ५९ जनाको आज नतिजा प्रकाशित भएको हो ।   स्थानिय तहको निर्वाचनको

  • जुम्लाको बुम्रमाडिचौर बर्षौ देखी सञ्चार बिहिन

    जुम्लाको बुम्रमाडिचौर बर्षौ देखी सञ्चार बिहिन

    कौशिला नेपाली १० चैत/रेडियो नारीआवाज जुम्ला जुम्लाको  तत्कालीन  बुम्रमाडीचौर गाविसमा अहिलेसम्म कुनै पनि संचार सुविधा नहुँदा त्यहाँका वासिन्दा संचार सुविधाबाट वञ्चीत भएका छन् । कुनै पनि संचारको पहुच नपुगेका कारण बुम्रमाडीचौरका झण्डै ३ हजार वासिन्दा संचार सुविधाबाट  वञ्चीत भएका हुन् ।   नेपालको सबैभन्दा ठुलो राराताल हेर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरु आवतजावत गर्ने बाटो भए पनि बुम्रमाडीचौरका

  • जुम्लाका युवाहरुकोे युवा प्रोफाईल बनाईदै

    जुम्लाका युवाहरुकोे युवा प्रोफाईल बनाईदै

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी)  जुम्लाका यूवाहरुको वर्तमान अवस्था विश्लेषण गरेर यूवा प्रोफाईल बनाईने भएको छ । हिजोबाट जुम्लामा शुरु भएको कार्याशाला गोष्ठि मार्फत यूवा प्रोफाईल बनाईने भएको हो । यूवाहरुको वर्तमान अवस्था विश्लेषण गरेर प्रोफाईल बनाईने भएको छ । अहिले सम्म जिल्ला स्तरमा यूवाहरुको आधिकारिक तथ्यांक नभएको हुनाले अहिले बनाईने प्रोफाईलको आधारमा अगाडी बढ्नको लागी सहज

  • जाजरकोटका उत्तर पुर्वि क्षेत्रमा ढिके नुनको भर

    जाजरकोटका उत्तर पुर्वि क्षेत्रमा ढिके नुनको भर

    २३ फाल्गुन/रेडियो मुगु (मगगढी)  जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन् ।   जिल्लाका

  • जेठभित्रै काँक्रेविहारको पुनर्निर्माण

    जेठभित्रै काँक्रेविहारको पुनर्निर्माण

    २३ फाल्गुन/रेडियो मुगु (गमगढी) काँक्रेविहार भग्नावशेषको पुनर्निर्माण आगामी जेठभित्रै सम्पन्न हुने भएको छ । बाह्र वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्दै आगामी जेठ मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्यसहित अहिले पुनर्निर्माणको कामले तीव्रता पाएको छ । काँक्रेविहार पुनर्निर्माणका लागि नौ करोड ६५ लाख ६६ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।   सोही बजेटबाट २०७४ साल जेठ मसान्तसम्म निर्माण

  • बिद्यालयमा कम्प्युटर बितरण

    बिद्यालयमा कम्प्युटर बितरण

    २२ फाल्गुन/रेडियो मुगु (गमगढी)  सबै विद्यालयमा सुचना प्रबिधिको विकास गर्दै शिक्षामा गुणस्तर बढाउने उद्देश्यले सुर्खेतको बाबियाचौरका बिद्यालयहरुका लागि कम्प्युटर वितरण गरिएको छ ।  गाविसको कार्यालय बाबियाचौरको सहयोगमा गाविसभरका चारवटा आधारभुत बिद्यालयलाई कम्प्युटर वितरण गरिएको हो ।   दोश्रो चरणमाअन्तरगत भगवती आधारभुत विद्यालय लाटिकाँडा, नेपाल राष्ट्रिय आधारभुत विद्यालय चनाली, सहिद स्मारक आधारभुत विद्यालय डाव र शान्ति आधारभुत विद्यालय

  • जाजरकोटमा बहुक्षेत्रिय पोषण योजना सञ्चालनमा

    जाजरकोटमा बहुक्षेत्रिय पोषण योजना सञ्चालनमा

    २२ फाल्गुन/रेडियो मुगु (गमगढी)  जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा आएको छ । चालु आर्थिक बर्षका लागि जिल्लामा ९१ लाखको बजेट परिचालन गरिने बहुक्षेत्रीय पोषण योजनाको सचिवालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि स्वीकृत ९१ लाखको बजेटलाई जिल्ला स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकले बिषयगत कार्यालय मार्फत खर्च गर्ने गरि बिनियोजन गरेको छ ।

  • जुम्लामा सयौँ बर्ष पुरानो मानब कंकाल फेला

    जुम्लामा सयौँ बर्ष पुरानो मानब कंकाल फेला

    १८ फाल्गुन/रेडियो मुगु (गमगढी)  जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका छन् । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएको हो ।   एउटै स्थानामा ३ वटा मानव कंकाल भेटिएको स्थानिय शिवलाल डाँगीले बताउनु भयो । उहाँका अनुसार  धेरै वर्ष पहिला देखि उक्त स्थानमा वस्ती बस्दै आएको हुनाले कति

  • रोपेको एकवर्षमै फल्ने इटालीको स्याउ जुम्लामा

    रोपेको एकवर्षमै फल्ने इटालीको स्याउ जुम्लामा

    १७ फाल्गुन/रेडियो मुगु (गमगढी) निकै महंगोे मानिने इटालीमा उत्पादन भएको स्याउको बिरुवा जुम्लामा पुगेको छ । जुम्लाका किसान अहिले स्थानीय तथा बाहिरबाट आएका स्याउका बिरुवाहरु धमाधम रोप्नका लागि व्यस्त छन् ।  इटालीमा उत्पादन भएको गोल्डेन स्याउको एक हजार बिरुवा अहिले जुम्लामा पुगेको छ । जुम्ला पुग्दा एउटा बोटको मूल्य एक हजार ५ सय रुपैयाँ परेको किसान गोल्डेन

  • सिजाँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंका खत्री

    सिजाँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंका खत्री

    १७ फाल्गुन/रेडियो मुगु (गमगढी)  जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अमरसिंह खत्री चयन हुनुभएको छ । नेपाल विद्यार्थी संघका खत्री सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो । उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तिर्थ तिरुवा चयन हुनुभएको छ ।   यसैगरी कोषाध्यक्षमा सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी  तथा सदस्यमा धनमान रोकाय र गोविन्द

  • हुम्लाका महिलाहरुको तरकारी आकर्षण

    हुम्लाका महिलाहरुको तरकारी आकर्षण

    १७ फाल्गुन अर्जुन बोहरा/रेडियो कर्णाली आवाज (सिमकोट) परम्परागत खेतीले गुजारा चलाउन गाह्रो भएपछि सदरमुकाम सिमकोट आसपासका महिलाहरु पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । परम्परागत बाली भन्दा मौसमी र बेमौसमी तरकारी खेतीबाट फाइदा देखेपछि सिमकोट आसपासको ठेहे, बरगाउँ, सिमकोट, डाँडाफया, स्याँडाका महिलाहरु तरकारी खेतिमा आकर्षित भएका हुन् ।   उनिहरु समूह नै बनाएर तरकारी खेतीमा लागेको

  • दश बर्षे द्वन्द्वको पीडा भोगेको कालीकोटको पिली पर्यटकीय स्थल बन्दै

    दश बर्षे  द्वन्द्वको पीडा भोगेको कालीकोटको पिली पर्यटकीय स्थल बन्दै

    नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालीकोट १० फाल्गुन रेडियो मुगु (गमगढी)  देशमा चलेको  दश बर्षे सशस्त्र जनयुद्धका कारण ठूलो  मानविय क्षेति व्यहोरेको कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने दाहाँ गाविसको पिलीलाई पर्यटकीय स्थल बनाउन यहाँका स्थानीय बासिन्दा लागि परेका छन् । पर्यटनका पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परेको दाहाँ गाविसलाई पर्यटकीय गन्तव्य बनाउन यहाँका स्थानीय बासिन्दा लागेका हुन् ।

  • अबैध रुपमा काठ ओसारपसार गरेको आरोपमा सुर्खेतमा ६ पक्राउ

    अबैध रुपमा काठ ओसारपसार गरेको आरोपमा सुर्खेतमा ६ पक्राउ

    १० फाल्गुन/रेडियो मुगु (गमगढी) अबैध रुपमा काठ ओसारपसार गरेको आरोपमा जिल्ला वन कार्यलय सुर्खेतले ६ जनालार्इ  पक्राउ गरेको जनाएको छ । वीरेन्द्रनगर १ बाँगेशिमलदेखि वीरेन्द्रनगर ६ तिर ल्याउदै गर्दा दुर्इ जनालार्इ प्रकाउ गरिएको सहायक जिल्ला बन अधिकृत सुर्यप्रसाद शर्माले जाकारी दिनुभयो ।    उहाँले बीरेन्द्रनगर २५ फलाटेका दिपबहादुर बुढा र सामूदायिक वनका चौकीदार इन्द्रबहादुर बुढाथोकीलार्इ पक्राउ गरिएको

  • प्रेस युनियन बाँकेले उम्मेदवार सार्वजनिक गर्यो

    प्रेस युनियन बाँकेले उम्मेदवार सार्वजनिक गर्यो

    १० फाल्गुन/रेडियो मुगु (गमगढी) नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागी नेपाल प्रेस युनियन बाँकेका तर्फबाट व्यवसायिक पत्रकारको लोकतान्त्रिक प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । प्रेस युनियनको नेपालगन्जमा आइतबार सम्पन्न बृहत भेलाले महासंघको कार्यसमिति पदाधिकारी उम्मेदवारहरु सार्वजनिक गरेको हो ।   लोकतान्त्रिक प्यानलले यसअघि नै पत्रकार नरेन्द्र थापालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाएको थियो ।बृहत भेलामा महासंघको उपाध्यक्ष

  • स्वास्थ्यसंस्था १०–५ बजे खुल्ला राख्ने प्रावधान कार्यन्वयन भएन

    स्वास्थ्यसंस्था १०–५ बजे खुल्ला राख्ने प्रावधान कार्यन्वयन भएन

    १० फाल्गुन रेडियो मुगु (गमगढी)  सरकारले देशभरका सबै स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइएपछि सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा बहिरंग सेवा साँझ ५

  • अभाव देखिएको औषधि पुर्ति गर्ने जुम्ला स्वास्थयको तयारी

    अभाव देखिएको औषधि पुर्ति गर्ने जुम्ला स्वास्थयको तयारी

    ०३ फाल्गुन रेडियो मुगु (गमगढी) जुम्लाका स्वास्थ्य संस्थाहरुमा अभाव देखिएको औषधि जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधि स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भएको हो । स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधि बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ

  • सुर्खेतमा जगंली भालुको आतंकले तनाब

    सुर्खेतमा जगंली भालुको आतंकले तनाब

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी) सुर्खेतको बीरेन्द्रनगर १९ उतरगंगामा जंगली भालुले आतंक मच्चाएको स्थानियले गुनासो गरेका छन ।भालुको आक्रमण बाट एउटा बगुर मरेको र अरु केही घाइते भएको स्थानिय पुतली बिकले बताउनु भयो।   जंगलबाट आएको भालुको समुहले घोग्रेनी ,गुप्तीपुर ,खोलागाँउ लगायतका स्थानियहरुले लगाएको गंहुबाली खाएर उधनेर नष्ट्र गर्ने गरेको किसानहरुले जनाएका छ्न।यस्तै जंगली भालु काँक्रेविहारभित्र देखिएको मजदुरहरुले

  • निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक

    निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक

    ०३ फाल्गुन/रेडियो मुगु (गमगढी)  सुर्खेतसहित देशभरका स्थानीय निकायको कामकाज ठप्प भएको छ । स्थानीय निकायमा कार्यरत कर्मचारीहरूको आन्दोलनको कारण कामकाज ठप्प भएको हो । बिहानै १० बजेबाट कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका हुन् ।   आन्दोेलनको कार्यक्रम अन्तर्गत आज  स्थानीय निकायमा काम गर्ने निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ र उनीहरूले चढेको सरकारी

प्रमुख समाचार

प्रोफाइल